ऋण सम्बन्धी व्यवस्था तथा नियमहरु
यस बचत समूहले आफ्ना सदस्यहरुका लागि ३ प्रकारका ऋणहरु उपलब्ध गराउनेछ:
क. आकस्मिक ऋण
ख. सुविधा ऋण
ग. बिशेष ऋण
घ. विशिष्ट ऋण
हरेक सदस्यहरुले माथि देहायका ऋण लिनका लागि बचत समूहको निम्नानुसार नियमहरु पलना गर्नु पर्नेछ :
१. कुनै पनि ऋण लिने व्यक्तिले आफ्नो फोकल समुहको मात्र साक्षी राख्न पाउने छ ।
२. यदि ऋण लिने व्यक्तिको साक्षी नपुगेको अवस्थामा अर्को समुहको फोकल व्यक्तिको अनुमती र जिम्मेवारी पत्र पेश गर्नु पर्ने छ ।
३. प्रत्यक फोकल समुहले लिन पाउने जम्मा ऋण रकम भनेको आफ्नो जम्मा बचतको १५०% सम्म हुनेछ ।
ऋणको चुक्ता हुँदै जादा नयाँ ऋण जारी हुने क्रममा त्यस १५०% भन्दा बढी भएको रकम जारी हुने रकम १०% भित्र छ भने ऋण समितिको निर्णयमा ऋण प्रदान गरिने छ ।
४. थप फैसला चहिएमा समितिको निर्णय नै अन्तिम हुनेछ ।
क. आकस्मिक ऋणको नियमहरु
१.आकस्मिक ऋण भन्नाले सदस्यहरुलाई आकस्मिक अवस्थामा आवश्यक पर्ने ऋण भन्ने बुझिन्छ । आकस्मिक अवस्था भन्नाले निम्न अवस्थाहरुलाई बुझाउछ:
अ.परिवारका सदस्यहरुको मृत्यु
आ. स्वास्थ्य उपचार
इ. पढाइ सम्बन्धि शुल्क
२. आकस्मिक ऋण लिदा आफुले बचत गरेको रकम मात्र लिन पाइने छ । उक्त ऋणमा वार्षिक ८ प्रतिशत ब्याज लाग्नेछ । उक्त ब्याजदर घट्दो क्रममा आधारित रहने छ ।
३. ऋणको किस्ता, बचत समुहको मासिक बचत किस्तासँगै जम्मा गर्नुपर्नेछ । आकस्मिक ऋणमा अन्य कुनै शुल्क लाग्ने छैन । ऋणीले मासिक ब्याज रकम समयमा नै जम्मा नगरेमा समुहको नियमअनुसार थप शुल्क रु १० प्रतिदिन लाग्ने छ ।
४. ऋणीले ६ महिनाभित्रमा ऋणको सम्पूर्ण साँवा र ब्याज चुक्ता गर्नु पर्नेछ । ऋणिले ६ महिनाभित्र ऋण चुक्ता नगरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क र वार्षिक ब्याजमा बाँकी रकमको थप २% सहित ६ महिनालाई ऋण नविकरण गरिने छ ।
५. थप ६ महिनाभित्र पनि ऋणीले ऋण चुक्ता नगरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क र २ प्रतिशत जरिवाना शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
६. थप गरिएको समयावधीमा पनि ऋणीले ऋण चुक्ता गर्न नसकेमा बचत समूहको कार्यसमितिको निर्णय नै अन्तिम हुनेछ ।
ख. सुविधा ऋणको नियमहरु
१. सुविधा ऋण भन्नाले सदस्यहरुलाई आकस्मिक अवस्थामा भन्दा बाहेक आवश्यक पर्ने ऋण भन्ने बुझिन्छ ।
२. सुविधा ऋणमा आफुले बचत गरेको रकम भन्दा दोब्बर रकम लिन पाइने छ । उक्त ऋणमा वार्षिक १० प्रतिशत ब्याज लाग्ने छ । उक्त ब्याजदर घट्दो क्रममा आधारित रहने छ । साथै २ प्रतिशत सेवा शुल्क र ०.५ प्रतिशत व्यवस्थापन शुल्क लाग्ने छ ।
३. ऋणको किस्ता, बचत समुहको मासिक बचत किस्तासँगै जम्मा गर्नु पर्नेछ । ऋणीले मासिक कम्तिमा ब्याज रकम समयमा नै जम्मा नगरेमा समुहको नियमअनुसार थप शुल्क रु १० प्रतिदिन लाग्ने छ ।
४. सुविधा ऋणका लागी ऋणीले बढिमा १ जना साक्षीको व्यवस्था गर्नु पर्नेछ । ऋणीले ऋण चुक्ता नगरेसम्म उक्त १ जना साक्षीले आकस्मिक ऋण बाहेक समूहबाट अन्य कुनै पनि ऋण लिन पाउने छैन ।
५. ऋणीले एक बर्ष भित्रमा ऋणको सम्पूर्ण साँवा र ब्याज चुक्ता गर्नु पर्नेछ । ऋणिले १ वर्ष भित्र ६० प्रतिशत ऋण तिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क र ०.५ प्रतिशत व्यवस्थापन शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
६. ऋणिले १ वर्ष भित्र ६० प्रतिशत ऋण नतिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क र ०.५ प्रतिशत व्यवस्थापन शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
७. थप ६ महिनाभित्र पनि ऋणीले ऋण चुक्ता नगरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क,२ प्रतिशत जरिवाना शुल्क, ०.५ प्रतिशत व्यवस्थापन शुल्क र वार्षिक ब्याजमा थप २% सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
८. थप गरिएको समयावधीमा पनि ऋणीले ऋण चुक्ता गर्न नसकेमा बचत समूहको कार्यसमितिको निर्णय नै अन्तिम हुनेछ ।
ग. विशेष ऋणको नियमहरु
१. विशेष ऋण भन्नाले सदस्यहरुलाई आकस्मिक तथा सुबिधा ऋण लिने अवस्थामा भन्दा बाहेक आवश्यक पर्ने ऋण भन्ने बुझिन्छ ।
२. विशेष ऋणमा समूहको नियम अनुसार छ महिना भन्दा माथिमा सदस्यहरुको हकमा बढिमा रु. १,००,०००/- ( अक्षयरुपी एक लाख सम्म मात्र ) रकम र २ बर्ष भन्दा माथिमा सदस्यहरुको हकमा बढिमा रु. २,००,०००/- (अक्षयरुपी दुई लाख सम्म मात्र ) लिन पाइनेछ । उक्त ऋणमा बार्षिक १२ प्रतिशत ब्याज लाग्ने छ । उक्त ब्याजदर घट्दो क्रममा आधारित रहनेछ । साथै २ प्रतिशत सेवा शुल्क र ०.५ प्रतिशत व्यवस्थापन शुल्क लाग्ने छ ।
३. विशेष ऋणका लागी ऋणीले ५० प्रतिशत रकम बराबरको साक्षीहरुको व्यवस्था गर्नु पर्नेछ । ऋणीले ऋण चुक्ता नगरेसम्म उक्त साक्षीहरुले आकस्मिक ऋण बाहेक समूहबाट अन्य कुनै पनि ऋण लिन पाउने छैनन् ।
४. ऋणीले ऋणको पहिलो दुई महिना ब्याज मात्र बुझाए हुनेछ । तेस्रो महिनाबाट ऋणीले मासिक रुपमा ब्याज र साँवा रकम गरी किस्ता बुझाउनु पर्नेछ । यसरी किस्ता बुझउँदा ऋणीले लिएको ऋणको कम्तिमा पनि मासिक ६ प्रतिशत साँवा बुझाउदै जानुपर्नेछ तथा बढिमा ऋणीले ईच्छाएको रकम बुझाउँन सक्दछ ।
५. ऋणको किस्ता, बचत समुहको मासिक किस्ता बचत अवधिमा सँगै जम्मा गर्नुपर्नेछ । ऋणीले मासिक कम्तिमा ब्याज रकम समयमा नै जम्मा नगरेमा समुहको नियमअनुसार थप शुल्क रु १० प्रतिदिन लाग्नेछ ।
६. ऋणीले एक बर्ष भित्रमा ऋणको सम्पूर्ण साँवा र ब्याज चुक्ता गर्नु पर्नेछ । ऋणिले १ वर्ष भित्र ६० प्रतिशत ऋण तिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क, ०.५ प्रतिशत व्यवस्थापन शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ।
७. ऋणिले १ वर्ष भित्र ६० प्रतिशत ऋण नतिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क, ०.५ प्रतिशत व्यवस्थापन शुल्क र २ प्रतिशत जरिवाना शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
८.थप ६ महिनाभित्र पनि ऋणीले ऋण चुक्ता नगरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क, ०.५ प्रतिशत व्यवस्थापन शुल्क र वार्षिक ब्याज मा थप २% सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
९. थप गरिएको समयावधीमा पनि ऋणीले ऋण चुक्ता गर्न नसकेमा बचत समूहको कार्यसमितिको निर्णय नै अन्तिम हुनेछ ।
घ. विशिष्ट ऋणको नियमहरु ( पाँचौे साधारण सभाबाट)
१. विशिष्ट ऋणमा समूहको नियम अनुसार ५ बर्ष भन्दा माथिमा सदस्यहरुको हकमा बढिमा रु. ३,००,००० (अक्षयरुपी तीन लाख सम्म मात्र ) लिन पाइनेछ । उक्त ऋणमा बार्षिक १२ प्रतिशत ब्याज लाग्ने छ । उक्त ब्याजदर घट्दो क्रममा आधारित रहनेछ । साथै २ प्रतिशत सेवा शुल्क र ०. ५ प्रतिशत व्यवस्थापन शुल्क लाग्ने छ ।
२. विशिष्ट ऋणका लागी ऋणीले ५० प्रतिशत रकम बराबरको साक्षीहरुको व्यवस्था गर्नु पर्नेछ । ऋणीले ऋण चुक्ता नगरेसम्म उक्त साक्षीहरुले आकस्मिक ऋण बाहेक समूहबाट अन्य कुनै पनि ऋण लिन पाउने छैनन् ।
३. ऋणीले ऋणको पहिलो दुई महिना ब्याज मात्र बुझाए हुनेछ । तेस्रो महिनाबाट ऋणीले मासिक रुपमा ब्याज र साँवा रकम गरी किस्ता बुझाउनु पर्नेछ । यसरी किस्ता बुझउँदा ऋणीले लिएको ऋणको कम्तिमा पनि मासिक ३.७५ प्रतिशत साँवा बुझाउदै जानुपर्नेछ तथा बढिमा ऋणीले ईच्छाएको रकम बुझाउँन सक्दछ ।
४. ऋणको किस्ता, बचत समुहको मासिक किस्ता बचत अवधिमा सँगै जम्मा गर्नुपर्नेछ । ऋणीले मासिक कम्तिमा ब्याज रकम समयमा नै जम्मा नगरेमा समुहको नियमअनुसार थप शुल्क रु १० प्रतिदिन लाग्नेछ ।
५. ऋणीले १. ५ बर्ष भित्रमा ऋणको सम्पूर्ण साँवा र ब्याज चुक्ता गर्नु पर्नेछ । ऋणिले १. ५ वर्ष भित्र ६० प्रतिशत ऋण तिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क, ०. ५ प्रतिशत व्यवस्थापन शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ।
६. ऋणिले १. ५ वर्ष भित्र ६० प्रतिशत ऋण नतिरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क, ०. ५ प्रतिशत व्यवस्थापन शुल्क र २ प्रतिशत जरिवाना शुल्क सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
७.थप ६ महिनाभित्र पनि ऋणीले ऋण चुक्ता नगरेको हकमा उक्त ऋण २ प्रतिशत सेवा शुल्क,२ प्रतिशत जरिवाना शुल्क, ०.५ प्रतिशत व्यवस्थापन शुल्क र र वार्षिक ब्याज मा थप २% सहित थप ६ महिनालाई ऋण नविकरण गरिने छ ।
८. थप गरिएको समयावधीमा पनि ऋणीले ऋण चुक्ता गर्न नसकेमा बचत समूहको कार्यसमितिको निर्णय नै अन्तिम हुनेछ ।
नोट: ऋण नविकरण गर्ने र मासिक ब्याज रकम तिर्ने म्याद कटेमा ऋणिले हरेकमा प्रतिदिन रु १० जरिवाना तिर्नु पर्नेछ ।